केन्द्रीय कमिटीको निर्णय सुनाउँदै योगेशले भने- सहमतिको आधार तय भयो
चितवन । नेकपा एमालेका सचिव योगेश भट्टराईले १० औं महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन हुने संकेत गरेका छ । गएराति मध्यरातमा गरिएको निर्णय सुनाउँदै उनले केन्द्रीय कमिटीको अन्तिम बैठकबाट सहमतिको आधार तय भएको बताएका छन् ।
१५ सदस्यीय पदाधिकारी संख्यालाई बढाएर १९ पुर्याउने निर्णय बैठकको थियो । अब वरिष्ठ उपाध्यक्ष सहित सात उपाध्यक्ष रहनेछन् । यस अघि वरिष्ठ उपाध्यक्ष सहित ५ उपाध्यक्ष रहने व्यवस्था थियो । त्यस्तै ३ उपमहसचिब रहनेछ ।
यसअघि १ उपमहासचिवको व्यवस्था थियो । २२५ केन्द्रीय सदस्य थप गरेर ३०१ पुर्याउने निर्णय भएको छ । यसरी विधान संशोधन गर्दा निर्वाचन नहुने उनको संकेत थियो ।
तर निर्वाचनमा सहभागी हुने कुरा प्रतिनिधिको अधिकार भएको हुँदा अहिले यस विषयमा भन्न नसकिने उनले बताए । ‘सहमतिको अन्तिम कसरत हुन्छ तर सहमति नै हुन्छ भन्ने कुरा होइन यो महाधिवेशन प्रतिनिधिको अधिकारको कुरा हो,’ भट्टाईले भने ।
यस अघि खारेज गरिएको पोलिटब्युरो पनि गठन गरिने भएको छ । यसबाट पनि नेतृत्व व्यवस्थापन हुने अपेक्षा गरिएको छ ।