ओली र रावलकाे वार्ता हुन सकेन, रावलनिकट नेता भन्छन्- निर्वाचनकाे सम्भावना बढ्यो – Nepal Press

ओली र रावलकाे वार्ता हुन सकेन, रावलनिकट नेता भन्छन्- निर्वाचनकाे सम्भावना बढ्यो

चितवन । १० औं महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास गरिरहेको नेकपा एमालेका नेताहरु अहिले छलफलमा रहेका छन् ।

विधान संशोधन गर्दै केही पदाधिकारी र केन्द्रीय सदस्य थप गर्ने तथा पोलिटब्युरो ब्युँताउने निर्णय भएपनि अझै सहमतिको वातावरण बन्न सकेको छैन् ।

सकेसम्म सबै पदाधिकारी सहमतिमा टुंगो लगाउने नभए नेतृत्व सहमतिमा टुंगो लगाएर अन्यमा निर्वाचन गर्ने मनसायमा नेताहरु रहेका छन । तर उपाध्यक्ष भीम रावलले पनि अध्यक्षमा दावी गरेपछि समस्या देखिएको छ ।

अहिलेसम्म अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबीच ‘वान टु वान’ वार्ता हुन नसकेको नेताहरु बताउँछन । अध्यक्षमा उम्मेदवारी घोषणा गरेर मत माग्न सुरु गरेका रावल र सर्वसम्मत अध्यक्ष बन्ने प्रयासमा रहेका ओलीबीच ‘वान टु वान’ वार्ताको वातावरण नबनेको हो ।

रावल निकट नेता झपट रावलले सहमतिको वातावरण बन्न नसकेको बताए । उनले भने, ‘सहमतिको वातावरण बनेको छैन । निर्वाचन हुने सम्भावना बढ्यो ।’

उनले रावलको कसैसँगपनि संवाद नभएको पनि बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर