रूपन्देहीमा गृहमन्त्री खाँणका भाइ कांग्रेसको जिल्ला सभापतिमा निर्विरोध – Nepal Press

रूपन्देहीमा गृहमन्त्री खाँणका भाइ कांग्रेसको जिल्ला सभापतिमा निर्विरोध

रूपन्देही । नेपाली कांग्रेस रूपन्देहीको सभापतिमा देउवा समूहका रामकृष्ण खाँण सर्वसम्मत रूपमा सभापति निर्वाचित भएका छन् ।

उनी नेता बालकृष्ण खाँणका सहोदर भाई हुन् ।

कतिपय वडादेखि क्षेत्रसम्म दुई समूहमा प्रतिस्पर्धा भएको नेपाली कांग्रेस रुपन्देहीमा जिल्लाको नेतृत्व भने सर्वसम्मत गराउने विषयमा खाँण आफै अगाडि सरेर सहमति जुटाएका थिए ।

गृहमन्त्रीसमेत रहेका खाँणले सार्वजनिक लेखा समितिका सभापतिसमेत रहेका भरतकुमार शाह, प्रतिनिधि सभा सदस्य समेत रहेका नेता प्रमोद यादव, जिल्ला सभापति अव्दुल रज्जाक, पूर्व सभापति रामचन्द्र ढकाललगायतका नेतालाई राखेर सहमति जुटाएका हुन् ।

जिल्ला निर्वाचन निर्वाचन समितिका संयोजक भेषराज घिमिरेले सभापतिमा रामकृष्ण खाँण निर्विरोध भएको र अन्य पदमा छलफल भइरहेको नेपाल प्रेसलाई बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर