पाँच घण्टा ढिलो गरी एमालेको बन्दसत्र सुरू (तस्बिरहरू)
२०७८ मंसिर ११ गते १५:२०
चितवन । नेकपा एमालेको १०औँ महाधिवेशनको बन्द सत्र सुरु भएको छ ।
चितवनको होटल सेभेन स्टरमा निर्धारित समायभन्दा पाँच घण्टा ढिलो गरी बन्दसत्र सुरु भएको हो । बन्दसत्रको सञ्चालन महासचिव ईश्वर पोखरेलले गरेका छन् ।
केन्द्रीय पदाधिकारी र सदस्यहरूमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयासका कारण बन्द सत्र लम्बिएको एमाले नेताहरूले बताएका छन् ।
बन्दसत्रलाई विदेशबाट बोलाइएका अतिथिहरूले सम्बोधन गर्ने छन भने विभिन्न देशका नेताहरूबाट आएका शुभकामना सन्देश पढेर सुनाइने कार्यक्रम छ ।
अध्यक्ष केपी शर्मा ओलीले सम्बोधान गरेपछि हल अध्यक्ष मण्डललाई हस्तान्तरण गरिने कार्यक्रम छ ।
प्रतिक्रिया
सम्बन्धित खवर