जंगे पिलर साक्षी राखेर कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा – Nepal Press

जंगे पिलर साक्षी राखेर कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

कैलाली । नेपाली कांग्रेसका युवा नेता क्षितिज भण्डारीले नेपाल–भारत सीमाको जंगे पिलरलाई साक्षी राखेर केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।

नेपाल विद्यार्थी संघको पूर्व केन्द्रीय उपाध्यक्ष समेत रहेका भण्डारीले नेपाल–भारत सीमा क्षेत्र रहेको गौरीफन्टा नाका नजिकैको जंगे पिलरलाई साक्षी राखेर उम्मेदवारी घोषणा गरेका हुन् ।

‘यो सीमास्तम्भलाई साक्षी राखेर राष्ट्र र राष्ट्रियताका पक्षमा सदैव उभिने अठोट गर्दछु । कांग्रेस केन्द्रीय सदस्य बनेर पार्टीको मात्रै होइन राष्ट्रकै हितमा काम गर्न चाहन्छु’, भण्डारीले भने ।

उनी कैलाली क्षेत्र नम्बर ५ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

लामो समय विद्यार्थी राजनीति गर्दा शैक्षिक राजनीतिक एजेण्डालाई प्राथमिकता दिएको बताउँदै भण्डारीले अब राष्ट्र र राष्ट्रियताको एजेण्डा लिएर अगाडि बढ्ने बताए । कांग्रेस केन्द्रीय सदस्य निर्वाचित भएमा ‘स्मार्ट कांग्रेस’ बनाउन आफू सक्रिय हुने भण्डारीले बताए ।

‘सीमामा उभिएर उम्मेदवारी घोषणा गर्नुको अर्थ नेपालको राष्ट्रियतासँगै विदेशीन बाध्य लाखौ नेपाली युवाको भावना बोकेर काम गर्छु भन्ने सन्देश दिनु हो’, भण्डारीले भने ।

उनले १४ औं महाधिवेशन लागि आफ्नो प्रचार अभियान सुरु भएको र महाधिवेशन अघि नै देश दौडाहा गर्ने जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर