भारतीय कम्युनिष्ट नेताले भनेः मोदी नेपालमा राजा फर्काउन लागिपरेका छन् – Nepal Press

भारतीय कम्युनिष्ट नेताले भनेः मोदी नेपालमा राजा फर्काउन लागिपरेका छन्

काठमाडौं । भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादीका नेता जोगेन्द्र शर्माले नेपाललाई राजासहितको हिन्दु राष्ट्र बनाउन मोदी सरकार लागिपरेको दावी गरेका छन् ।

एमाले महाधिवेशनको बन्दसत्रलाई सम्वोधन गर्दै उनले यस्तो दावी गरेका हुन् ।

त्यसको तयारी स्वरुप नेपालमा आरएसएसको नेटवर्क विस्तार गर्न प्रयास भइरहेको आफुले सुचना पाएको उनले बताए ।

‘भारतलाई २०२५ सम्म हिन्दु देश बनाउने घोषणा फासिवादी मोदी सरकारले गरेको छ,’ शर्माले भने, ‘त्यसका बिरुद्वमा सबै कम्युनिष्ट एक हुनुपर्छ ।’

मोदी सरकारका कारण भारतको सम्विधान र लोकतन्त्र खतरामा परेको बताउदै उनले मोदीको फासिबादी र तानाशाही तन्त्र रोक्न सबै एकजुट हुनु पर्ने बताए ।

उनले अहिले भारतमा पुलिसराज कायम गर्ने प्रयास भएको आरोप समेत लगाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर