कांग्रेस महाधिवेशन प्रचार समितिले पायो पूर्णता – Nepal Press

कांग्रेस महाधिवेशन प्रचार समितिले पायो पूर्णता

नेपाली कांग्रेसको महाधिवेशन प्रचार प्रसार समितिले पूर्णता पाएको छ ।

गत कार्तिक २८ गते केन्द्रीय समिति बैठकले विश्वप्रकाश शर्माको संयोजकत्वमा गठन भएको समितिले आज पूर्णता पाएको हो ।

समितिमा केन्द्रिय कार्यसमिति सदस्यहरु जीवन परियार, किरण गिरी, किरण यादव र अमन्त्रित केन्द्रीय सदस्यहरू अभिषेक पताप शाह, जनकराज कलौनी र दिलिप राइ लाइ चयन गरेको छ ।

यस्तै सूचना, संचार तथा प्रचार विभागका पदाधिकारी सदस्यहरू, भातृसंस्थाका अध्यक्षहरू सदस्य रहनेछन् ।

यस्तै जनसम्पर्क समितिका अध्यक्ष र संयोजक, प्रेस युनियन, केन्द्रीय समितिका पदाधिकारी र सदस्य सदस्य रहनेछन् ।

यस्तै प्रेस युनियनका पूर्व केन्द्रीय अध्यक्ष, केन्द्रीय समितिका सल्लाहकार, प्रतिष्ठान शाखाका सभापित र जिल्ला सम्पर्क समितिका सभापतिहरू सदस्य रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर