सहमति हुने अवस्थामा म बाधक हुन्न : नेम्वाङ – Nepal Press

सहमति हुने अवस्थामा म बाधक हुन्न : नेम्वाङ

काठमाडौं । एमाले वरिष्ठ उपाध्यक्षका दावेदार मनिएका सुवास नेम्वाङले पार्टीमा सहमति भए आफू बाधक नबन्ने बताएका छन् ।

नेपाल प्रेससंग कुराकानी गर्दै उनले सहमतिको आधारमा नेतृत्व चयन गर्ने पहल भइरहेको उल्लेख गर्दै आफूलाई पार्टीले दिएको जिम्मेवारी लिन तयार भएको बताए ।

उनले भने, ‘सर्वसम्मत नेतृत्व चयन गर्नेगरी विधान संसोधनको हुने भएको छ । अब सहमतिमा नेतृत्व टुंगो लाग्छ । सहमति हुने अवस्थामा म बाधक हुन्न ।’

यता, रावल पक्षका नेताहरूले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका भीम रावलसँग संग नेतृत्वले अहिले सम्म छलफल नगरेको भन्दै गुनासो गरेका छन् । छलफल र सल्लाह गरे रावलपनि सहमतिको बाधक नहुने उनी निकट नेता प्रकाश शाहले बताए ।

‘पार्टी बलियो बनाउने कुरा हो । नेतृत्वले उहाँसँगपनि छलफल गर्नुपर्छ’, उनले भने ‘छलफलबिना सहमति कसरी जुट्ला र !’

शाहले एमालेमा सर्वसम्मत नेतृत्व चयन आवश्यक रहेको बताउदै नेतृत्वतहबाट त्यसको वातावरण तयार गर्नुपर्नेमा जोडदिए ।

उनले सहमतिको वातावरण तयार नगरे निर्वाचन हुने संकेत गरे ।

यस्तै, एमाले कार्यालय सचिव शेरबहादुर तामाङले आइतबार सर्वसम्मत नेतृत्व घोषणा हुने र आइतबार नै महाधिवेशनको सबै कार्यक्रम सकिने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर