नुवाकोटमा केसीका भाइलाई महतका भतिजाले हराए – Nepal Press

नुवाकोटमा केसीका भाइलाई महतका भतिजाले हराए

नुवाकोट । नेपाली कांग्रेस नुवाकोटको सभापतिमा रमेशकुमार महत निर्वाचित भएका छन् ।

कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत शुक्रबार भएको मतदानमा केदारनरसिंह केसीलाई पराजित गर्दै महत विजयी बनेका हुन् ।

संस्थापन इतर पक्षका उम्मेदवार महतलाई संस्थापन पक्षका केन्द्रीय सदस्य बहादुरसिंह लामा पक्षको समर्थन रहेको थियो ।

विजयी महत नेताहरु डा. रामशरण महत र डा. प्रकाशशरण महतका भतिजा हुन् । पराजित डा. केसी कांग्रेस नेता अर्जुननरसिंह केसीका भाइ हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर