पदाधिकारी र केन्द्रीय समिति बढाउने प्रस्ताव एमाले बन्दसत्रबाट पारित – Nepal Press

पदाधिकारी र केन्द्रीय समिति बढाउने प्रस्ताव एमाले बन्दसत्रबाट पारित

काठमाडौं । एमाले नेतृत्वमा केन्द्रीय कमिटी तथा पदाधिकारी बढाउने प्रस्ताव महाधिवेशनको बन्दसत्रबाट पारित भएको छ ।

जसअनुसार अब एमालेको केन्द्रिय समिति ३०१ सदस्यीय हुने भएको छ भने १९ जना पदाधिकारीहरु रहनेछन् ।

हिजो राति बसेको केन्द्रीय समितिको अन्तिम वैठकले केन्द्रीय समितिको आकार बढाउने निर्णय लिएको थियो । यसअघि २२५ सदस्यिय केन्द्रीय समिति रहेकोमा ७६ जना थप्ने निर्णय भएको हो ।

यस्तै, पदाधिकारी संख्या १५ बाट ४ जना थप भएको छ । उपाध्यक्षमा दुई र उपमहासचिवमा दुई जना थपिने भएको हो ।

केन्द्रिय कमिटी वैठकको निर्णय अनुसार ९९ सदस्यिय पोलिटब्यूरो गठनको प्रस्ताव पनि बन्द सत्रबाट प्रतिनिधिहरुले अनुमोदन गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर