सत्ता राजनीतिको कांग्रेस कथा भावी पुस्ताले नसुनुन् – Nepal Press

सत्ता राजनीतिको कांग्रेस कथा भावी पुस्ताले नसुनुन्

पौराणिक कालको एउटा कथा सारै मार्मिक छ । एक जना साधु थिए । उनी अत्यन्तै दानवीर पनि । आफूसँंग भएको हरेक सम्पत्ति कसैले माग्यो भने त्यो माग्ने व्यक्तिलाई दिइहाल्ने । उनको यो सद्गुण थाहा पाएका मानिसले जग्गा, घर, पैसा, गाईवस्तु, सुन, चाँंदी, हिरालगायत सबै सम्पत्ति तथा माल समान माग्न थाले । लोभीसँंग त माग्न नछोड्ने अधिकांश मानिसको स्वभाव भएकाबेला त्यसताका दानवीर फेला परेपछि के छोड्थे होला र ?

साधुलाई नागेंझार पार्ने गरी मानिसहरुले माग्न थालेछन् । उनले भटाभट आफूसँंग भएको सबै सम्पत्ति दान गरे । अब उनीसँंग केबल एउटा घोडा, समाउने लौरो र शरिरमा लगाएको बस्त्रमात्र बाँंकी थियो । आफूसँंग भएको त्यहि लौरो समाएर उनी घोडामा सवार हुँंदै यात्राका लागि निस्किएछन् । जंगलको बाटो जाँंदै गर्दा घोडाको थकान मेटाउन कुनै एक स्थानमा रुखको छहारीमुनि उनी बसिरहेका थिए । साधुको स्वभाव थाहापाएको एक जना बदमास चोर त्यहि बाटो आउँंदै रहेछ । उसले साधुलाई देख्यो र उनीसँंग बाँंकी रहेको त्यो घोडा फुत्काउने सोच बनाएछ ।

उ विस्तारै ती साधु छेउ गयो र भन्न थालेछ, ‘हे साधुसन्त , मलाई एक चिज चाहिएको थियो । हजुरले दिए हुन्थ्यो भन्ने मेरो मनमा लागेर हजुरलाई भेट्न आएको ।’

साधुले भने, ‘मसँंग के छ र बाबु ? भएको सबै सम्पत्ति दिइ हाले ।’ फेरि त्यो बदमासले भन्न थालेछ, ‘हजुरसँंग भएकै चिज मलाई चाहिएको छ ।’
साधुले भनेछन्, ‘मसँंग भएको यहि शरिर, त्यसमा लगाएको कपडा, घोडा र एउटा लौरो त हो नि । यी चार चिज दिएर हुन्छ भने म दिन तयार छु ।’

बदमासले भनेछ, ‘मलाई यहि घोडा चाहिएको हो हे साधुसन्त ।’ आफूसँंग भएको कुरा मागेपछि ती साधुले नदिने कुरै थिएन । त्यो घोडा पनि त्यो बदमासलाई बुझाएछन् ।

घोडा चढेर बदमास के अघि बढेको थियो, साधुलाई त्यो मानिसलाई घोडा किन चाहिएको रहेछ भनेर सोध्न मन लागेछ ।

अनि उनले उसलाई बोलाउँंदै भनेछन्, ‘ए बाबु, मैले तिमीलाई यो घोडा दिइसकेँ । अब जे कामका लागि लगे पनि मैले फिर्ता लिने कुरा भएन । तर मलाई जान्न मन लाग्यो तिमी यस्ता हट्टाकट्टा मानिसलाई घोडा किन चाहिएको रहेछ ?’

पाएको घोडा फिर्ता गर्नु नपर्ने भएपछि त्यो बदमासले पनि आफ्नो आवश्यकताबारे नढाँंटीकन साधुलाई भनेछ । उसले जंगल पारि रहेको एउटा गाउँंमा चोर्ने योजना बनाएको रहेछ । चोरी गरेपछि भाग्नका लागि घोडा आवश्यक ठानेछ ।

‘हजुरसँंग घोडा थियो । मजस्तो चोरलाई अरुले त घोडा के दिन्थे । तर हजुरजस्तो दानवीरसँंग मागेँ भने नपाउने कुरै थिएन । त्यहि भएर घोडा माग्न हजुरसँंग आएको ।’ साधु स्तब्ध भए ।

दान गरेकोमा उनलाई कुनै पछुतो थिएन । तर त्यो दानको दुरुपयोग गरेर बदमासले कुनै गाउँं लुट्ने भयो भन्ने उनलाई ठूलो चिन्ता लाग्यो । जति चिन्ता लागे पनि ती साधुले घोडा फिर्ता माग्ने कुरै थिएन । तर एउटा अनुरोध भने गरेछन् ।

‘ए बाबु, अब म दान गरिसकेको यो घोडा फिर्ता त माग्न त सक्दिन । तर एउटा अनुरोध गर्छु, त्यो अनुरोध चाँंही मानिदेउ ल ।’ ‘के हजुर ? हजुरको अनुरोध नमान्ने कुरै छैन ।’ बद्मासले भनेछ ।

त्यसपछि ती साधुले भनेछन् , ‘बाबु । तिमीले मलाई त झुक्यायौ, ठग्यौ । तर यो कथा तिमीले तिम्रा कुनै पनि छोरा, नाती वा अन्य सन्तीलाई नसुनाउनू है । यो कथा भावी पुस्ताले सुने भने समाजमा कुनै पनि व्यक्ति साधु, सन्त हुँंदैन र दान गर्ने मानिसको त खडेरी नै पर्नेछ ।’

लोकतान्त्रिक आन्दोलनका लागि गौरवपूर्ण इतिहास बोकेको कांग्रेसको सत्ता राजनीतिको कथा भने के अब भावी पुस्तालाई नसुनाउनुपर्ने अवस्था आएको हो ? सर्वोच्च नेता गणेशमान सिंह कांग्रेसको संस्थापकमध्ये एक हुन् । जनताको अधिकारका लागि राणा शासनविरुद्ध उनले देखाएको अदम्य शाहसका विवरण सुन्दा जोसुकुैको आंग सिरिङ्ग हुन्छ ।

ज्यानको बाजी लगाएर राणा, पञ्चायतविरुद्ध संघर्ष गरेका गणेशमानकै नेतृत्वमा नेपालमा बहुदलीय व्यवस्था पुर्नस्थापना भयो । निष्ठा, बलिदान र शाहसका प्रतिमूर्ति गणेशमान संसारका विरलै त्यागी नेतामध्ये एक थिए । प्रधानमन्त्रीजस्तो मुलुकको कार्यकारी प्रमुखको पदसमेत त्याग गर्ने त्यसता नेता नेपालमा अर्को जन्मिएको छैन । कांग्रेस सत्ता राजनीतिको दलदलमा परेपछि यस्ता नेताले पनि जीवनको आखिरीमा गएर आफैंले निर्माण गरेको कांग्रेस छोड्नुपरेकोे थियो ।

जनताको अधिकारका लागि घरबार समेत नगरेर प्रजातन्त्रका लागि आफ्नो जीवन समर्पण गर्ने सन्त नेता कृष्णप्रसाद भट्टराई पनि कांग्रेसका अर्का संस्थापक नेता हुन् । उनी नेपालमा अहिलेसम्म भएका प्रधानमन्त्रीमध्ये सर्वाधिक निश्कलंक नेता थिए । प्रधानमन्त्री पद छोडेपछि सरकारी निवासबाट एउटा कन्तुर, सुराही र छाता मात्र लिएर बाहिरिने यस्ता नेता पनि संसारमा विरलै भेटिन्छ । सत्ता राजनीतिले दुषित बनेको कांग्रेसले सिद्धान्त र आदर्श राजनीतिका पर्याय भट्टराईलाई पनि उनको जीवन पर्यन्त आफूसँंगै राख्न सकेन । सत्ताको उन्मादले थिलथिलिएको कांग्रेसले भट्टराईलाई अपमान गर्‍याे । त्यस्तो अपमान सहन नसकी उनी पनि कांग्रेस छोड्ने अवस्थामा पुगे । संसारमा विरलै पाइने कांग्रेसका यी दुई राजनेतालाई सत्ता राजनीतिले अपमानित गरेर पार्टी नै छोड्नु परेको घट्ना हरेक लोकतन्त्रवादीका लागि कति पिडादायी होला ?

सिद्धान्त, आदर्श राजनीतिका लागि कसैसँंग सम्झौता नगर्ने अर्को नाम हो शैलजा आचार्य । चुलो, चौकामा महिला सिमित भएकाबेला राजा महेन्द्रको प्रजातन्त्रमाथिको ‘कु’ विरुद्ध राजधानीको सडकमा कालो झण्डा लिएर जनताको अधिकारका लागि संघर्ष गर्ने शैलजाको शाहसका बारेमा अहिले पनि चर्चा हुनेगर्छ । प्रजातन्त्रको संघर्षमा घरबार बनाउन समेत बिर्सिएर त्यसैका लागि जीवन समर्पण गरेकी शैलजाले भ्रष्टाचारविरुद्धको अभियान चलाएर मन्त्री पदसमेत त्याग गरेकी थिइन् ।

यस्ती महिला नेतृ नेपालका राजनीतिक दलमा अहिलेसम्म अर्को देखिएको छैन । त्यस्ती नेतृलाई कांग्रेसले यसरी अपमानित गर्‍याे कि उनी त्यो अपमान सहन नसकी ‘डिप्रेशन’ मा गइन् । अन्ततः त्यहि अपमान उनको मृत्युको एउटा कारण बन्यो ।

निष्ठा, आदर्श, समर्पण र सरलताका प्रतिक थिए भीमबहादुर तामाङ । निष्ठावान नेता, कार्यकर्ताको कुरा हुँंदा अहिले पनि कांग्रेसमा ‘भीमबहादुरजस्ता’ भनेर चर्चा गर्ने गरिन्छ । उनीभन्दा जुनियरहरु, पार्टी र प्रजातन्त्रका लागि खासै योगदान नगरेकाहरु पार्टी र सत्तामा आज कँंहाबाट कँंहा पुगे तर भीमबहादुर कांग्रेस महाअधिवेशन प्रतिनिधहरुका लागि पदाधिकारी हुन समेत अयोग्य सावित भए । बलदेव शर्मा मजगैंयाजस्ता सादगी र सरल नेतालाई राजनीतिबाटै पलायन हुन बाध्य पारियो ।

बहुदलीय व्यवस्था पुर्नस्थापनापछिको सत्ताको यस्तो फोहोरी खेलभित्र पनि सिद्धान्त र विचारको राजनीतिलाई स्थापित गरेर त्यसलाई केही सफा गर्न सकिन्छ कि भनेर संघर्ष गरिरहेका थोरै नेतामध्ये एक हुन्, रामचन्द्र पौडेल । पञ्चायतको पतन र बहुदलीय व्यवस्था स्थापनापछिको सत्ता राजनीतिमा उनी पटक, पटक पदमा नपुगेका होइनन् । सत्तामा पटक, पटक पुगेर पनि समकालीन नेताको तुलनामा उनीमाथि अनियमितताको अहिलेसम्म कुनै प्रश्न उठेको छैन ।

स्वच्छ छविलाई उनले सत्तामा रहँंदा पनि जोगाउन सफल भएका छन् । कांग्रेसभित्रका थेरै वैचारिक नेतामध्ये उनी अग्रस्थानमा छन् । वीपीको समाजवादलाई कांग्रेसले पुरै वेवास्ता गरिरहेकाबेला पौडेल आफ्नो बर्कतले भ्याएसम्म त्यहि समाजवादको व्याख्या गर्नमा आफूलाई व्यस्त राख्ने गर्छन् ।

लोकतन्त्र संकटमा परेकाबेला आफ्नो नीजि नाफा, नोक्सानलाई नहेरी त्यसैको विरुद्धमा प्रतिकार गर्ने थोरै नेतामध्ये उनी पर्छन । संसदको चुनाव हारेका पौडेलले लोकतन्त्रलाई ‘संकटमै छोडेर चुनावतिर जाने’ पार्टी सभापति शेरबहादुर देउवाको ‘लाइन’ विपक्षमा उभिएर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनले संकटमा परेको लोकतन्त्रलाई जोगाउने आन्दोलनमा पार्टीलाई ल्याउने जुन नेतृत्व गरे त्यो पौडेलको लोकतन्त्रप्रतिको प्रतिवद्धताको त्यहि उदाहरण हो । तर उनले पार्टीको सभापति र प्रधानमन्त्री बन्ने अवसर भने अहिलेसम्म पाएका छैनन् ।

सिद्धान्त र निष्ठाको राजनीतिमा उनीभन्दा अब्बल, वैचारिक हिशाबले उनीभन्दा शसक्त, आचरण र चरित्रमा उनीभन्दा स्वच्छ वा पार्टी र देशका लागि उनीभन्दा सक्रिय नेताले यी दुवै अवसर पाएर उनी पछि परेको भए स्वभाविक पनि मानिन्थ्यो । र, उनीमाथि कुनै अन्याय गरेको ठहरिने थिएन । तर शासन सञ्चलनमा कमजोर प्रमाणित भैसकेका र पार्टीको नेतृत्व गर्न पनि असक्षम सिद्ध देउवाले नै यो अवसर पटक पटक पाइरहनु स्वभाविक होइन ।

२०५१ सालको मध्यावधिपछि संसदीय प्रजातन्त्र घाइते भएको थियो तर बदनाम भएको थिएन । २०५२ सालमा देउवा प्रधानमन्त्री बनेपछि उनका निर्णय र क्रियाकलापले यो व्यवस्था नै बदनाम भयो । उनले प्राडो, पजेरो संस्कृतिमात्र भित्रिएन्, सांसद किनबेचजस्ता सुन्दै लाजलाग्ने गतिविधि पनि उनकै कार्यकालमा भयो । प्राडो, पजेरो संस्कृतिमा उनीमात्र दोषी नहोलान् तर कार्यकारी प्रमुखका हैसियतमा सबैभन्दा बढी दोषी उनै हुन् । भलै यसलाई कम्युनिस्टहरुले अझ प्रश्रय दिए ।

यिनै कारणले संसारमा सर्वोत्कृष्ट ठहरिएको संसदीय व्यवस्था नेपालमा सुधार नगरी नहुने अवस्थामा पुग्यो । त्यतिमात्र होइन, देउवाले आफ्ना सत्ता जोगाउने स्वार्थमा अलमलिएर प्रजातन्त्र नै दरबारमा पुर्‍याएको आरोप अहिलेसम्म पनि खेपिरहेका छन् । पार्टी विभाजन गरे । चार, चार पटक प्रधानमन्त्री बनेका देउवाले कुनै राम्रो काम गरेर देखाउन सकेनन् । कतिसम्म भने प्रतिगमन विरुद्धको आन्दोलन सफल बनेर उनी प्रधानमन्त्री बन्दा देउवाबाट थप ‘राम्रो काम’ को अपेक्षा कसैले गरेनन् । केबल ओलीले भत्काएको लोकतान्त्रिक मूल्य, मान्यताको इँंटालाई त्यहि ठाउँंमा लगेर राखिदिए मात्र हुन्थ्यो भन्ने सबैको कामना थियो । तर उनले त्यहि ‘ओली पथ’ पछ्याउन छोडेका छैनन् ।

सभापतिमा देउवाको कार्यकाल पनि इतिहासकै असक्षम कार्यकाल हो । पार्टी विधानले दिएको समयमात्र होइन संविधानले दिएको सिमा समेत पार गरेर पार्टी अवैधानिक हुने अवस्थामा पुर्याए उनले । कतिसम्म भने आगामि राष्ट्रियसभाको निर्वाचन र उपनिर्वाचनमा समेत पार्टीले भाग लिन नपाउने निर्वाचन आयोगको चेतावनीपछि मात्रै देउवा महाअधिवेशन गर्न बाध्य भएका हुन् । कांग्रेस इतिहासमा यति कमजोर कहिल्यै भएको थिएन । वीपीको समाजवाद बिर्सिएको बात लागे पनि कांग्रेसलाई लोकतन्त्रका आधार स्तम्भको संरक्षकका हिसावले देउवाको कार्यकाल अघिसम्म सबैले भरोसा गरेका थिए । तर देउवाकै कार्यकालमा यी आधार स्तम्भमा पनि पार्टीले प्रहार गर्ने काम गर्‍याे ।

यसरी शासन सञ्चालनमा असक्षम सावित भएका र पार्टी नेतृत्वमा पनि सबैभन्दा कमजोर ठहरिएका देउवाहरुजस्तै नै फेरि पनि कांग्रेस नेतृत्वमा आइरहने र पौडेलहरुजस्ता तुलनात्मक हिसाबले वैचारिक र स्वच्छ छवि भएका नेता पन्छिने अवस्था आउने हो भने कांग्रेस महाअधिवेशन प्रतिनिधलाई पनि एउटा अनुरोध गर्नेपर्ने हुन्छ, ‘गणेशमान र किशुनजीदेखि शैलजा र भिमबहादुर हुँंदै देउवाहरु र पौडेलहरुबारेका सत्ता राजनीतिका कांग्रेस कथा कृपया आफ्ना छोरा, नाती वा अन्य सन्ततीलाई नसुनाउनू । यो कथा सुनाउने हो भने असल, निष्ठावान कार्यकर्ता कांग्रेसमा लाग्ने ठाउँं हुने छैन । त्यसपछि कम्युनिस्ट वा निरंकुश अन्य कुनै दलको हालीमुहालीले लोकतन्त्र समाप्त भएर जानेछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *