कांग्रेस दाङ सभापतिमा कसैले पनि बहुमत ल्याउन नसकेपछि पुनः मतदान हुँदै – Nepal Press

कांग्रेस दाङ सभापतिमा कसैले पनि बहुमत ल्याउन नसकेपछि पुनः मतदान हुँदै

रूपन्देही । नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशन अन्तर्गत दाङ जिल्ला सभापतिका लागि शनिबार भएको मतदानमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि आज पुनः मतदान हुने भएको छ ।

सभापति धेरै मत ल्याउने शंकर प्रसाद डाँगी र भूपबहादुर डाँगीबीच पुनः मतदान हुन लागेको हो । आज १० बजेदेखि ४ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

मतदानबाट उपसभापति कमानसिङ भारती र गिरिराज सुवेदी, सचिवमा अर्जुनकुमार योगी र बालिका लम्साल, सहसचिवमा राजु आचार्य र सुबोध कुमार डाँगी निर्वाचित भएका छन् ।

सदस्यतर्फको पालिका सदस्यको गणना आज बिहानैदेखि शुरु भएको छ । आज रातिसम्म सबै मत परिणाम आउने निर्वाचन समितिले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर