आफूनिकट नेता कार्यकर्तासँगको छलफलमा भीम रावल – Nepal Press

आफूनिकट नेता कार्यकर्तासँगको छलफलमा भीम रावल

चितवन । नेकपा एमालेको आगामी नेतृत्व दाबी गरेका भीम रावलले आफू निकट नेता कार्यकर्तासँग छलफल सुरु गरेका छन् ।

बन्दसत्रस्थल होटल सेभेन स्टारमा उनी छलफलमा रहेको स्रोतले बतायो । छलफलमा को को छन् भन्ने गोप्य राखिएको छ ।

बन्दसत्रको पहिलो दिन हिजोको निर्णयले पार्टीको पदाधिकारी तथा केन्द्रीय सदस्य छान्ने जिम्मा अध्यक्ष ओलीलाई दिएपछि लोकतान्त्रिक प्रक्रिया मिचिएको भन्दै असन्तुष्टि जनाएका रावललाई अध्यक्षबाट उम्मेदवारी फिर्ता लिन दबाब आइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर