रावललाई फकाउँदै संस्थापनका नेताहरू, ओलीसँग भेटाउन पहल – Nepal Press

रावललाई फकाउँदै संस्थापनका नेताहरू, ओलीसँग भेटाउन पहल

काठमाडौं। एमाले अध्यक्षमा उम्मेदवारी पेश गरेका उपाध्यक्ष भीम रावल र अध्यक्ष केपी शर्मा ओलीबीच भेटघाटको तयारी भएको छ।

स्रोतका अनुसार निर्वाचन प्रक्रिया शुरु हुनअघि नै ओली र रावलबीच भेट हुनेछ । बिहान ८ बजे शुरु गर्ने भनिएको निर्वाचन प्रक्रिया अझै शुरु भएको छैन् । अध्यक्ष मण्डलको अनुमति नआएकाले प्रक्रिया शुरु नगरेको निर्वाचन आयोग प्रमुख विजय सुब्बाले जानकारी दिए।

निर्वाचनको प्रक्रिया शुरु हुनुअघि नै रावललाई पनि सहमतिमा ल्याउन ओलीनिकट नेताहरु लागिपरेका हुन् ।

स्रोतका अनुसार आज बिहान ओलीनिकट नेताहरुले रावललाई भेटेर सहमतीय प्रक्रियाका लागि सहमति जनाउन र उपाध्यक्ष मान्न तयार हुन आग्रह गरेका थिए।

अध्यक्ष उठ्दा हारिने प्रष्ट भएको स्मरण गराउँदै रावललाई भेटेको ओलीनिकट नेताहरुले उपाध्यक्षमा बस्न तयार हुन आग्रह गरेका थिए।

ओलीनिकटहरुको त्यस्तो आग्रहपछि रावलले एक पटक ओलीसँगै भेटेर सहल्ला गर्ने चाहाना प्रकट गरेकाले उनीहरुबीच भेटघाट गराउन लागिएको हो । यो बीचमा ओलीनिकट नेताहरुले रावललाई तीन पटक भेटेको पनि स्रोतले बतायो।

रावल निकट स्रोतले भने भेटघाटको कुनै कार्यक्रम नरहेको बताएको छ। रावलनिकट समूहमै पनि सहमतिमै जानुपर्ने जोड छ। ओली वरिष्ठ उपाध्यक्ष दिन तयार भएमा सहमतिमा जानु पर्ने रावलनिटहरुको उनलाई दबाब छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर