गुल्मीको १० पालिकामा माओवादीले टुंगायो नेतृत्व – Nepal Press

गुल्मीको १० पालिकामा माओवादीले टुंगायो नेतृत्व

रुपन्देही । माओवादी केन्द्र गुल्मीले जिल्लाका १० पालिकामा नयाँ नेतृत्व चयन गरेको छ । १२ पालिक रहेको जिल्लामा २ वटामा भने स्थगित भएको छ ।

रेसुंगा नगरपालिकामा लुम्बिनी प्रदेशसभा सदस्य गीता थापाको अध्यक्षतामा नयाँ नेतृत्व ५० सदस्यीय नगर कमिटी चयन भएको छ । उनी जिल्लाको पहिलो महिला पालिका अध्यक्ष हुन् ।

रुरु क्षेत्र गाउँपालिकामा यदु ज्ञवालीको अध्यक्षतामा ५५ सदस्यीय नयाँ नेतृत्व चयन भएको छ । त्यसैगरी कालिगण्डकी गाउँपालिकामा लिलबहादुर केसीको अध्क्षतामा ५३ सदस्य नयाँ गाउँ कमिटी गठन भएको छ ।

मालिका गाउँपालिकामा देविराम अर्यालको नेतृत्वमा ४९ सदस्यीय नयाँ कमिटी गठन गरिएको छ । त्यस्तै मदाने गाउँपालिकामा बेगम चन्द बोहोराको नेतृत्वमा छ सदस्यीय गाउँ कमिटी गठन गरिएको माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य बुद्धि जिसीले जानकारी दिए ।
त्यसैगरी मुसिकोट नगरपालिकामा दुर्गा विकको अध्यक्षतामा ५१ सदस्य नगर कमिटी गठन गरिएको छ ।

गुल्मी दरवार गाउँपालिकामा पुनाराम ज्ञवालीको अध्यक्ष रहेको ४९ सदस्य गाउँकमिटी गठन गरिएको माओवादी केन्द्र गुल्मीका संयोजक बिरबहादुर कार्कीले जानकारी दिए ।

छत्रकोट गाउँपालिकामा लोकनाथ पाण्डेयको अध्यक्षतामा ४९ सदस्य गाउँ कमिटी गठन गरिएको छ भने सत्यवती गाउँपालिकामा यमु गैरेको अध्यक्षतामा ४९ सदस्यीय गाउँकमिटी गठन गरिएको कार्कीले बताए । इस्मामा बसन्त सुनारको अध्यक्षतामा ३६ सदस्यीय कमिटी बिस्तार गरिएको छ ।

जिल्लाको चन्द्रकोट गाउँपालिकामा आइतबार र धुर्कोट गाउँपालिकामा सोमबार अधिवेशन हुने भएको माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य बुद्धि जिसीले जानकारी दिए । मंसिर १३ गते धुर्कोट गाउँ कमिटीको अधिवेशन उद्घाटन गर्न लुम्बिनी प्रदेशमा मुख्यमन्त्री कुलप्रसाद केसी जाने भएकाले सारिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर