सफारी होटेलमा बनेको एमाले पदाधिकारीको सूची–अध्यक्षमा ओलीको नाम, अन्यमा खाली – Nepal Press

सफारी होटेलमा बनेको एमाले पदाधिकारीको सूची–अध्यक्षमा ओलीको नाम, अन्यमा खाली

काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा पेश हुन लागेको केन्द्रीय कमिटीका पदाधिकारीको सूचीमा अध्यक्ष केपी शर्मा ओलीकोमात्र नाम प्रिन्ट भएको छ ।

शीर्ष नेताहरुको छलफलपछि उपमहासचिव विष्णु पौडेलले पेनड्राइभबाट निकालेर प्रिन्ट गरेको १९ पदाधिकारीको सूचीमा अध्यक्ष केपी शर्मा ओलीको मात्र नाम छ भने अन्य पदाधिकारीको नाम खाली राखिएको छ ।

पदाधिकारी चयनको सबै अधिकार ओलीलाई दिइएकाले हातले लेखेर नाम थप्ने स्रोतले जनाएको छ ।

पदाधिकारीका विभिन्न पदका आकांक्षीहरुको दावी यथावत रहेकाले अध्यक्ष ओलीले सर्वाधिकार लिएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर