नेकपा (माओवादी केन्द्र) लम्की चुहा नगर कमिटीको सचिवमा भुल विजयी – Nepal Press

नेकपा (माओवादी केन्द्र) लम्की चुहा नगर कमिटीको सचिवमा भुल विजयी

कैलाली । नेकपा (माओवादी केन्द्र) लम्की चुहा नगर कमिटि कैलालीको सचिवमा कमलबहादुर भुल विजयी भएका छन् । सचिवका प्रतिस्पर्धी दानबहादुर रावतलाई पराजित गर्दै भुल बिजयी भएका हुन् । शनिबार सम्पन्न दोस्रो अधिवेशनपछिको बन्दशत्रमा सदस्यबाहेक सबै पदमा सहमति जुट्न नसकेपछि आइतबार सदस्य बाहेक सबै पदका लागि निर्वाचन भएको थियो ।

भुल यस अघि एमाले र माओवादी केन्द्र एकता भएर बनेको नेकपाको नगर कमिटिको सबैभन्दा पाँच सदस्यीय सचिवालय सदस्य थिए । यस्तै उनी, लम्कि चुहा अस्पताल विकास समितिका सदस्य समेत छन् ।  भुल पूर्व जनमुक्त सेना नेपालका कमाण्डर पनि हुन् । उनी सदिक्षा फुड प्रोडक्ट कम्पनी लम्की कैलालीका सञ्चालक समेत रहेका छन् ।

यस्तै नगर कमिटिको अध्यक्षमा लालबहादुर कुमाल बिजयी भएका छन् । उपाध्यक्षमा कमल बटाला अर्को उपाध्यक्षमा रुपादेवी जैसी कोईराला र सत्यराज बिष्ट बिजयी भएका हुन । यस्तै सह सचिवमा कमल खनाल र कोषाध्यक्षमा पदमा केसीसहित ६५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । नव निर्वाचित पदाधिकारी तथा सदस्यको पदभार र सपथ ग्रहण सोमवार हुने निर्वाचन मण्डलका संयोजक सिवबहादुर थापाले जानकारी दिए । निर्वाचनमा दुइ वटा प्यानल निर्वाचनमा प्रतिस्पर्धामा थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *