अध्यक्ष ओलीले प्रस्ताव गरेको सूचीप्रती भीम रावलको आपत्ति – Nepal Press

अध्यक्ष ओलीले प्रस्ताव गरेको सूचीप्रती भीम रावलको आपत्ति

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्रमा पेस गरेको सूचीप्रति उपाध्यक्ष भीम रावलले आपत्ति जनाएका छन् ।

उपाध्यक्ष रावलले अध्यक्षमण्डलमा छलफल नै नभएको विषय अध्यक्षले बन्दसत्रमा पेस गरेको भन्दै आपत्ति जनाएका हुन् ।

रावलले भने— अध्यक्षमण्डलमा छलफल भएको छैन । यो सबै प्रक्रिया प्रति मेरो असहमति छ ।

उनले अहिलेसम्मका सबै प्रक्रियामा आफ्नाे असहमति जनाउँदै चुनावमा जाने बताए ।

अध्यक्ष ओलीले बन्लदसत्रमा केन्द्रीय सदस्य र विभिन्न आयोगमा पदाधिकारीहरुको नाम प्रस्ताव गरेका थिए । बन्दसत्रले ती नाम अनुमोदन पनि गरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर