पौडेलपक्षका खिलध्वज गुल्मी कांग्रेसको सभापतिमा निर्वाचित – Nepal Press

पौडेलपक्षका खिलध्वज गुल्मी कांग्रेसको सभापतिमा निर्वाचित

गुल्मी । नेपाली कांग्रेस गुल्मीको सभापतिमा खिलध्वज पन्थी विजयी भएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट प्यानल बनाएका पन्थीले १ हजार २ सय ७१ मत प्राप्त गरे । संस्थापन पक्षका बेदबहादुर थापाले ३ सय ८४ मत पाएका छन् ।

उपसभापतिमा अनन्तराम पौडेल र शिवबहादुर खत्री विजयी भएका छन् । सचिवमा भगतसिंह खड्का र जगदीश भट्टराई, सहसचिवमा छवि पाण्डे र धर्मराज पाण्डे विजयी भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर