कपिलवस्तु कांग्रेस सभापतिमा संस्थापन इतरका अब्दुल कलाम निर्वाचित – Nepal Press

कपिलवस्तु कांग्रेस सभापतिमा संस्थापन इतरका अब्दुल कलाम निर्वाचित

रूपन्देही । नेपाली कांग्रेस कपिलवस्तुको जिल्ला सभापतिमा संस्थापन इतर समूहका अब्दुल कलाम निर्वाचित भएका छन् ।

आज विहान सम्पन्न मतगणनामा कलामले संस्थापन समूहबाट सभापतिका प्रत्यासी राजेश आचार्यलाई १०९ मत अन्तरले पराजित गरेका हुन् । जिल्ला सभापतिको लागि रामचन्द्र पौडेल पक्षका कलाम र पार्टी सभापति शेर बहादुर देउवा पक्षका राजेश आचार्यबीच चुनाव भएको थियो ।

कुल खसेको १७ सय ६५ मतमा विजयी कलामले ९२८ र पराजित भएका राजेश आचार्यले ८१९ मत ल्याए।

यस्तै दुई उपसभापति पदमा रजतराज आचार्य हुमकान्त खनाल तथा दुई सचिवमा शक्ति सिँह ठकुरी र प्रेम बहादुर सिंह रायमाझी विजयी विजयी भएका छन् ।

जिल्ला समितिको पदाधिकारीसहितका पदमा रामचन्द्र प्यानल हावी भएको छ । जिल्लामा प्रभावशाली मानिएका दीपकुमार उपाध्याय, बृजेस गुप्ता, वीरेन्द्र कनौडियालगायतका नेताहरू देउवा समूहमा लागे पनि नेतृत्वमा भने पौडेल समूहले बाजी मारेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर