प्रचण्ड आज रुपन्देही आउँदै – Nepal Press

प्रचण्ड आज रुपन्देही आउँदै

रूपन्देही । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज रूपन्देही आउन लागेका छन् ।

एक साताअघि सडम दुर्घटनामा मृत्यु भएका केन्द्रीय सदस्य तथा रूपन्देही इन्चार्ज रामप्रसाद बन्जाडे ‘टंकमणि’को श्रद्धाञ्जली सभामा सहभागी हुन अध्यक्ष प्रचण्ड आउन लागेका हुन् ।

बिहान १० बजे काठमाडौंबाट आउन लागेका प्रचण्ड बन्जाडेको घर रहेको बुटवल जितगढीमा श्रद्धाञ्जली सभामा जाने र त्यसपछि तिलोत्तमामा आयोजित पार्टीको आन्तरिक कार्यक्रममा सहभागी हुने नेता निर्मल जिसीले जानकारी दिए ।

बन्जाडेको मृत्युपछि रूपन्देहीमा नेकपा माओवादीको पूर्वनिर्धारित पालिका सम्मेलत स्थगित भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर