एमाले महाधिवेशन
निर्धारित समयमा सकिएन मतदान, अझै एक घण्टा लाग्नसक्ने
नेपाल प्रेस
२०७८ मंसिर १४ गते ९:३७
चितवन । नेकपा एमालेको चितवनमा जारी महाधिवेशन अन्तरगत नेतृत्व चयनका लागि भइरहेको मतदान निर्धारित समयभन्दा ढिलो सकिने भएको छ । बिहान ४ बजेदेखि सुरु भएको मतदान ९ बजेसम्ममा सक्ने तालिका थियो । तर अझैसम्म मतदान जारी छ ।
करिब २२ सय प्रतिनिधिमध्ये करिब १५ सयले मतदान गरेका छन् । यसअनुसार मतदान सकिन अझै एक घण्टा लाग्नसक्ने बताइएको छ ।
विद्युतीय मेसिनबाट भइरहेको मतदानमा एकजना करिब आधाघण्टा लाग्ने अनुमान गरिएको थियो । मतदानपछि आजै मतगणना गर्ने निर्वाचन तालिकामा उल्लेख छ ।
एमालेमा अध्यक्ष, उपाध्यक्ष र सचिवसँगै सदस्यका लागि निर्वाचन भइरहेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर