नेइमार घुँडाको चोटका कारण ८ हप्ता मैदान बाहिर रहने – Nepal Press

नेइमार घुँडाको चोटका कारण ८ हप्ता मैदान बाहिर रहने

काठमाडौं । पेरिस सेन्ट जर्मनका (पीएसजी)का फरवार्ड नेइमार घुँडाको चोटका कारण आठ हप्तासम्म मैदान बाहिर रहने भएका छन् ।

उनलाई आइतबार भएको सेन्ट एटिया विरुद्धको खेलमा स्टेचरमा बोकेर मैदान बाहिर लगिएको थियो । नेइमारले लिग वानका सात खेल र च्याम्पियन्स लिग पनि गुमाउने भएका छन् ।

‘परीक्षणका अनुसार नेइमारलाई देब्रे घुँडामा चोट लागेको छ,’ पीएसजीले बताएको छ । पीएसजी लिग वानमा तालिकाको दोस्रो स्थानमा रहेको रेन्नेस भन्दा १२ अंकले अगाडि छ ।

यस्तै, च्याम्पियन्स लिगमा समूह ‘ए’को दोस्रो स्थानमा रहदै अन्तिम १६मा पुग्ने पक्का रहेको छ । पीएसजीले प्रतियोगिता सुरुहुनु अघि डिसेम्बर ७ मा क्लब बर्ग्र्ससँग घरेलु मैदानमा खेल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *