डडेल्धुराका कांग्रेस कार्यकर्ताको अनसन स्थगित – Nepal Press

डडेल्धुराका कांग्रेस कार्यकर्ताको अनसन स्थगित

काठमाडौं । नेपाली कांग्रेस डडेल्धुराको अधिवेशन पुनः गर्न माग गर्दै मंसिर १ गतेदेखि अनसनमा बसेका डडेल्धुराका नेता कार्यकर्ताले अनसन तोडेका छन् । उपसभापति विमलेन्द्र निधिको उपस्थितिमा उनीहरुले रिले अनसन तोडेका हुन् ।

डडेल्धुरा कांग्रेसका निवर्तमान सभापति कर्ण मल्ल लगायतले अधिवेशन विधान विपरीत भएको भन्दै अनसन गर्दै आएका थिए । अब उनीहरुले राजनीतिक लडाइँ जारी राख्ने भन्दै अनसन फिर्ता लिएका छन् ।

निर्वाचन समितिले सोमबार साँझ डडेल्धुराको अधिवेशनलाई वैधानिकता दिने निर्णय गरेको थियो । मल्लले निर्वाचन समितिले विवेक बन्धन राखेर निर्णय गरेको भन्दै मान्य नहुने बताएका छन् ।

उनीहरुको मागमा ऐक्यवद्धता जनाउँदै उपसभापति निधिले पार्टीको विधान कार्यान्वयनमा उदासीनता देखिनु गलत रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर