दम्पत्तिकै हार : भीम आचार्य सचिवमा हार्दा पत्नी निरा केन्द्रीय सदस्यमा पराजित
इटहरी । नेकपा (एमाले) को दसौं महाधिवेशनमा चुनाव लढेका एमाले पूर्वसचिव भीम आचार्य दम्पत्ति नै पराजित भएका छन् ।
सात सचिवका लागि भएको चुनावमा भीम आचार्यले आठौँ धेरै मत ल्याए । आचार्यको मत ७८८ आयो भने उनी भन्दा थोरै कम चीनका लागी पूर्व नेपाली राजदूत टंक कार्कीको ५५९ मत भएको थियो ।
भीम आचार्य पत्नी निरा खनाल समेत चुनावमा हारेकी छन् । प्रदेश १ महिला सदस्यको उम्मेदवार रहेकी खनालले ६१४ मत प्राप्त गरिन् । उनको जित सुनिश्चित भएन् ।
३० पदको लागी भएको चुनावमा प्रदेश १ महिलातर्फ झापाको कमल गाँउपालीकाकी प्रमुख मेनुका काफ्ले, धरानकी उपमेयर मन्जु भन्डारी र पूर्व प्रदेशमन्त्री उसाकला राई विजयी भए ।