गोला तान्दा पनि बारको अत्तो, कामु प्रधानन्यायाधीश खोज्दै इजलासमा अवरोध
काठमाडौं । गोला प्रक्रियाबाट पेसी तोक्न माग गर्दै आएको नेपाल बार एशोसियसनले सर्वोच्च अदालतबाट हुने मुद्दा सुनुवाइमा फेरि भाँजो हालेको छ ।
गोला तानेर पेसी तोकिएअनुसार इजलास बसिरहेकै बेला बार पदाधिकारीहरुले न्यायाधीशहरूलाई भेटेर प्रधानन्यायाधीश नभएको अवस्थामा कसको नेतृत्वमा गोला प्रक्रिया अघि बढाइयो भन्ने प्रश्न गरेपछि न्यायाधीशहरू इजसलाबाट फर्केका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामालाई बटमलाइन बनाइरहेको बार नेतृत्वले अत्तो थापेका कारण गोला तानेर सुरू भएका इजलास पनि अवरुद्ध भएको छन् ।
बारले कामु प्रधानन्यायाधीश को हो ? भन्ने प्रश्न उठाएपछि न्यायाधीशहरू छलफलमा जुटेका छन् । प्रधान न्यायाधीश नेतृत्वको पेशी व्यवस्थापन समिति रहने भनिएकोमा कोभिडका कारण प्रधानन्यायाधीश अस्पतालमा रहेकाले कामु प्रधानन्यायाधीश हुनुपर्ने माग बारको छ ।
राणाले अदालतबाटै अस्पताल चलाउन खोजेको आरोप बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले लगाएका छन् ।