एमालेको निम्तो अश्वीकार गरेका प्रचण्ड राप्रपा महाधिवेशनको अतिथि – Nepal Press

एमालेको निम्तो अश्वीकार गरेका प्रचण्ड राप्रपा महाधिवेशनको अतिथि

काठमाडौं । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनको निम्ता अश्वीकार गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राप्रपा महाधिवेशनको अतिथि बनेका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा जारी राप्रपाको एकता महाधिवेशन उद्घाटन समारोहमा माओवादी अध्यक्ष प्रचण्ड सहभागी भएका हुन् । एमालेको महाधिवेशनमा भने उनले आफू नगएर लीलामणी पोखरेललाई पठाएका थिए ।

राप्रपा महाधिवेशनको उद्घाटन समारोहमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि सहभागी छन् । त्यस्तै लोसपाका नेता अनिल झा पनि अतिथिका रूपमा उपस्थित भएका छन् ।


प्रतिक्रिया

One thought on “एमालेको निम्तो अश्वीकार गरेका प्रचण्ड राप्रपा महाधिवेशनको अतिथि

  1. आफू पनि राप्रपाजस्तै अस्ताउँदै गरेकाे भएर गए । एमाले जस्ताे उदाउँदाेमा आउन त हिम्मत पनि हुनुपर्याे नि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर