भीम रावलको दाबी- पार्टीलाई विधि, पद्धतिमा हिँडाउँन अन्तिमसम्म प्रयास गरेँ
काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले पार्टीलाई विधि पद्धतिमा हिँडाउँन आफूले प्रयास गरेको दाबी गरेका छन् ।
१०औं महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओलीसँगको प्रतिस्पर्धामा पराजित रावलले सामाजिक सञ्जाल ट्वीटरमार्फत एमाले पार्टीलाई सिद्धान्त, विधि, पद्धति र राष्ट्रिय हित अनुकूलको बाटोमा हिडाउन मैले अन्तिमसम्म प्रयास गरेको उनले जिकिर गरेका हुन् ।
त्यसका लागि महाधिवेशनमा आवाज उठाउनुका साथै अध्यक्ष पदमा उम्मेदवारी दिएको उनले प्रष्टोक्ति छ ।
आफूलाई साथ, समर्थन, सहयोग, मत र उत्साह दिने सबैलाई रावलले धन्यवाद दिएका छन् ।
एमाले पार्टीलाई सिद्धान्त, विधि, पद्धति र राष्ट्रिय हित अनुकूलको बाटोमा हिडाउन मैले अन्तिमसम्म प्रयास गर्ने अठोट गरे अनुसार महाधिवेशनमा आवाज उठाउनुका साथै अध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ।मलाई साथ,समर्थन, सहयोग, मत र उत्साह दिने सबैलाई हार्दिक धन्यवाद दिदै कृतज्ञता प्रकट गर्दछु।
— Dr. Bhim Rawal (@BhimRawal179) December 1, 2021
सकेसम्म सहमति नभए चुनाव पार्टीकाे विधान नै हाे । सहमति नगरेर, मलाई अध्यक्ष नै चाहिन्छ भनेर घमण्ड गर्नुकाे कुनै अर्थ छ ? सहमतिमा गर भनेर हलले भन्नू पनि चुनाव नै हाे नि । भाेट हाल्ने तिनै हुन् क्यार ।