एनएमबी बन्यो बैंक अफ ‘द इयर एसिया २०२१’ – Nepal Press

एनएमबी बन्यो बैंक अफ ‘द इयर एसिया २०२१’

काठमाडौं । एनएमबि बैंकलाई लण्डनबाट प्रकाशित हुने म्यागजिन ‘दि बैंकर’ ले ‘बैंक अफ द इयर एसिया २०२१’ बाट सम्मानित गरेको छ ।
चीन, भारत, हङकङ, दक्षिण कोरिया र जापानलगायतका मुलुकबाट प्रतिनिधित्व गरेका बैंकहरूलाई पछि पार्दै एनएमबी बैंक एसियाकै उत्कृष्ट बैंक घोषित भएको हो ।

एनएमबी बैंक यो पुरस्कार प्राप्त गर्ने पहिलो नेपाली बैंक हो । एनएमबीले ‘द बैंक अफ द इयर २०२१’ को अवार्ड पनि जितेको छ । एनएमबीले पछिल्ला ५ वर्षमा चारपटक अन्तर्राष्ट्रिय अवार्ड जितिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर