राप्रपा चुनावमा निर्मल निवासको साइनो छैन, राजा ३ करोड नेपालीका अभिभावक हुन्– गिरी – Nepal Press

राप्रपा चुनावमा निर्मल निवासको साइनो छैन, राजा ३ करोड नेपालीका अभिभावक हुन्– गिरी

काठमाडौं । राप्रपा महाधिवेशनमा पूर्व राजा ज्ञानेन्द्रको समर्थनलाई अध्यक्षका उम्मेदवारबीच विवाद चलिरहेका बेला पूर्वमन्त्री दिलनाथ गिरीले पार्टीको चुनावमा निर्मल निवासको नाम नजोड्न चेतावनी दिएका छन् ।

राप्रपा महाधिवेशनमा अध्यक्ष उम्मेदवार राजेन्द्र लिङ्देनको एउटा चुनावी कमाण्डर समेत रहेका गिरीले कमल थापा पक्षले पराजयको सम्भावना देखेपछि निर्मल निवासलाई विवादमा तान्न खोजेको आरोप लगाए ।

थापा पक्षले निर्मल निवासको समर्थन लिङ्देनलाई रहेको भन्दै राप्रपा महाधिवेशनमा हस्तक्षेप नगर्न चेतावनी दिएको थियो ।

पूर्वमन्त्री गिरीले भने–तीन करोड नेपाली जनताको अभिभावक राजालाई एउटा पार्टीको गुटसँग जोड्नु भनेको पराजित मानसिकताको उपज हो । हामी ३ करोड जनताको अभिभावक राजसंस्था फर्काउन चाहान्छौं,राजालाई पार्टीको महाधिवशेनसँग चासो हुन्न ।

आफूहरु ५ सय भन्दा बढी मतले कमल थापाभन्दा अगाडि रहेको दावी गर्दै गिरीले पूर्व राजाको नाम नलिन चेतावनी दिए ।

दिलनाथ गिरी,टंक ढकाल,दुर्गा श्रेष्ठ,जगत गौचन लगायतका पूर्व राजा निकट नेताहरु लिङ्देनको पक्षमा उभिएपछि कमल थापा पक्षले निर्मल निवासको समर्थन उनीतिर रहेको आशंका गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर