प्राध्यापकहरुलाई स्वतः स्थायी गर्ने त्रिविकाे निर्णयप्रति अनेरास्ववियुकाे आपत्ति – Nepal Press

प्राध्यापकहरुलाई स्वतः स्थायी गर्ने त्रिविकाे निर्णयप्रति अनेरास्ववियुकाे आपत्ति

काठमाडाैं ।  त्रिभुवन विश्वविद्यालयले करारमा नियुक्त प्राध्यापकहरुको व्यवस्थापनका लागि गरिएको विशेष व्यवस्थाप्रति अनेरास्ववियुले आपत्ति जनाएको छ ।

प्राध्यापकहरुको व्यवस्थापनका नाममा मेरिट र प्रतिस्पर्धा भन्दा बाहिर गएर गरिने व्यस्थापको पक्षमा नरहेको अनेरास्ववियुले जनाएको छ ।

अनेरास्ववियु अध्यक्ष सुनिता बरालले एक विज्ञप्ती जारी गर्दै यो विषयमा मंसिर ९ गते नै ध्यानाकर्षण गराएको भएपनि सिनेट बैठकले गरेको निर्णयप्रति ध्यानाकर्षण भएको बताएकी छन् ।

जारी विज्ञप्तीमा भनिएको छ, ‘यो विषयमा मंसिर ९ गते नै ध्यानाकर्षणपत्रबाट असहमति पेश गरेपनि मंसिर १४ को सिनेट बैठकमा करार प्राध्यापकहरुलाई स्वतः स्थायी गर्ने अवैज्ञानिक प्रस्ताव पेश गरी निर्णय गरेको सुन्नमा आएको छ । जसमा अनेरास्ववियुको गम्भिर ध्यानाकर्षण भएको छ । ’

विश्वविद्यालय जस्तो प्राज्ञिक थलोमा प्राध्यापक र कर्मचारी नियुक्त गर्दा सेवा आयोगबाट खुला प्रतिस्पर्धा मार्फत हुनुपर्नेमा त्यसो नभएकोप्रति अनेरास्ववियुले ध्यानाकर्षण भएको जनाएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर