नखुलेका विक्रम पाण्डे थापा र लिङ्देनका साझा उपाध्यक्ष ! – Nepal Press

नखुलेका विक्रम पाण्डे थापा र लिङ्देनका साझा उपाध्यक्ष !

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी नेतृत्वका लागि दावी गरिरहेका दुई नेता कमल थापा र राजेन्द्र लिङदेनले आफ्नो प्यानल टुंग्याएका छन् ।

प्रतिनिधको भोटबाट निर्वाचित हुने ४ उपाध्यक्ष र तीन महामन्त्रीका लागि उनीहरुले आफ्ना उम्मेदवार छानेका हुन् । थापा र लिङदेन दुवैका प्यानलमा एउटा साझा नाम देखिएको छ ।

दुवैले उपाध्यक्षमा प्रस्तावित गरेका उनी हुन् विक्रम पाण्डे । अहिलेसम्म कुनै पनि गुटमा नखुलेका पाण्डेलाई दुवै समूहले आफ्नो दावी गरेका हुन् । दुवै गुटका साझा देखिएपछि पाण्डेको उपाध्यक्षमा सम्भावना बलियो बनेको छ ।

कमल थापाको प्यानलबाट पाण्डेसहित ध्रुवबहादुर प्रधान र बुद्धिमान तामाङ पुरुष उपाध्यक्षका उम्मेदवार तय भएका छन् । महिला उपाध्यक्षको कोटामा रोशन कार्कीलाई सो समुहले फाइनल गरेको बुझिएको छ ।

यसैगरि, महामन्त्रीमा भुवन पाठक, भाष्कर भद्रा र कुन्ती शाही थापा प्यानलबाट उठ्ने भएका छन् ।

शाहीले महिला महामन्त्रीको कोटामा लड्न लागेकी हुन् । उनको भिडन्त लिङदेन गुटकी उम्मेदवार रेखा थापासँग हुने छ ।

पाण्डे चितवनका प्रभावशाली नेता हुन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर