विमलेन्द्र निधि भन्छन – तीनै तहको चुनाव कांग्रेस एक्लै लड्छ – Nepal Press

विमलेन्द्र निधि भन्छन – तीनै तहको चुनाव कांग्रेस एक्लै लड्छ

जनकपुरधाम । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले कांग्रेसले तीनै तहको चुनाव एक्लै लड्ने बताएका छन् ।

बिहीबार जनकपुरमा कांग्रेस प्रदेश २ को प्रथम अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपसभापति निधीले बहुतको सरकारको लागि कांग्रेसले तीनै तहमा एक्लै चुनाव लड्नुपर्ने बताए ।

संविधान र संघीय लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्न कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने बताउँदै उपसभापति निधीले भने, ‘यदि हामी अन्य पार्टीसँग चुनावमा सहकार्य गरेर गयौ भने कांग्रेसको सिट कम हुन जान्छ । यस्तोमा कांग्रेसले चुनावमा बहुमत ल्याउन सक्दैन । त्यसैले प्रतिनिधि सभाको १६५ सिट, प्रदेश सभाको ३३० सिट, पालिकाको ७५३ सिट र वडाको ६ हजार ७४३ वटै सिटमा कांग्रेसले एक्कै उम्मेदवारी दिनुपर्छ ।’

कांग्रेसको लागि मधेस उर्वराभूमि रहेको निधीले बताए । कम्युनिस्ट वा कथित मदेसवादी दलहरूले लामो संघर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न नसक्ने निधीको दाबी छ ।

‘नेपालको हरेक राजनीतिक परिवर्तनको अगुवाइ कांग्रेसले गरेको छ । संघीय लोकतान्त्रिक व्यवस्थाको संस्थागत पनि कांग्रेसले मात्रै गर्न सक्छन् । त्यसकारण हामी अन्य पार्टीभन्दा कांग्रेस जनताप्रति बढी जबाफदेही छौं,’ उनले भने ।

पार्टीको १४औं महाधिवेशन निर्वाचनको महाधिवेशन रहेकोले यो महाधिवेशनबाट पार्टीको कुनै नीति तथा कार्यक्रम वा कुनै प्रस्ताव पास नहुने उपसभापति निधीले बताए ।

पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश २ का अधिवेशन संयोजक रमेश रिमालको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा कांग्रेस कोषाध्यक्ष सितादेवी यादव, पूर्व कोषाध्यक्ष चित्रलेखा यादव, केन्द्रीय सदस्य आनन्द ढुंगाना, महेन्द्र यादवलगायतकाले मन्तव्य राखेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर