कर्णाली कांग्रेसको नेतृत्वका लागि ललित र भूपेन्द्र मैदानमा, पदाधिकारीमा उम्मेदवारको टुंगो लागेन – Nepal Press

कर्णाली कांग्रेसको नेतृत्वका लागि ललित र भूपेन्द्र मैदानमा, पदाधिकारीमा उम्मेदवारको टुंगो लागेन

सुर्खेत । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज हुने प्रदेश अधिवेशनमा कर्णालीका ललितजंग शाही र भुपेन्द्रजंग शाहीबीच प्रतिस्पर्धा हुने भएको छ । कर्णाली कांग्रेसको नेतृत्वमा उनीहरुबीच चुनाव हुने निश्चित भए पनि पदाधिकारीमा उम्मेदवारहरुको टुंगो लाग्न सकेको छैन ।

कर्णालीमा सात सयभन्दा बढी प्रतिनिधिले भोलि मतदान गरेर नेतृत्व चयन गर्नेछन् । कर्णालीमा कांग्रेसको सस्थापन पक्ष हाबी देखिएको छ ।

प्रदेश सभापतिका उम्मेदवार ललित संस्थापन पक्षका हुन् भने भूपेन्द्र संस्थापनइतर पक्षका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर