देउवाको गृह प्रदेशमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल – Nepal Press

देउवाको गृह प्रदेशमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल

पौडेल पक्षबाट मिश्र र देउवा पक्षबाट बलायर भिड्दै

कैलाली । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह प्रदेश सुदूरपश्चिममा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएको छ ।

शुक्रवार बिहान ८ बजेबाट मनोनयन दर्ताको निर्वाचन कार्यतालिका भएपनि सहमतिका लागि २ बजे पछि मनोनयन समय तोकिएको थियो । तर २ बजे सम्म छलफल गर्दा पनि सहमति हुन नसकेपछी निर्वाचन हुने भनेको हो ।

संस्थापन समूहबाट केन्द्रीय सदस्य वीरबहादुर बलायर उम्मेदवार बन्ने भएका छन् ।

पौडेल पक्षबाट प्रदेश सभापतिमा कैलालीका पूर्व जिल्ला सभापति नारायणदत्त मिश्रलाई उम्मेदवार बनाउने भएको छ। यसअघि संस्थापन पक्षबाट ६ जना आकांक्षी रहेका थिए । अन्तिम समयमा बलायरको नाममा सहमति जुटेको हो । पौडेल पक्षबाट भने २ जनाले मात्रै सभापतिमा दाबी गरेका थिए ।

यस्तै उपसभापतिमा कञ्चनपुरका गोपाल गुरुङ र बाजुराका मानबहादुर रावल प्रतिस्पर्धा गर्ने भएका छ ।

महामन्त्रीमा बझाङका प्रताप गुर्दामी र अछामका रामबहादुर शाही, सहमहामन्त्रीमा दार्चुलाका पदमराज पन्त र बैतडीका नरेन्द्र भट्टलाई उम्मेदवार छनोट गरिएको छ ।

यस्तै संस्थापन देउवा पक्षबाट उपसभापतिमा जनक चौधरी, लोकराज अवस्थी, महामन्त्रीमा नरनारायण शाह, मेघराज खड्का सहमहामन्त्रीमा गोपाल भट्टसहमहामन्त्रीमा अम्बिका चलाउने रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर