प्रचण्डको ठम्म्याई – शम्भु श्रेष्ठ पत्रकारका रोलमोडल हुन्, यस्ता मान्छे जन्मिदैनन् (भिडिओ) – Nepal Press

प्रचण्डको ठम्म्याई – शम्भु श्रेष्ठ पत्रकारका रोलमोडल हुन्, यस्ता मान्छे जन्मिदैनन् (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केद्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीका पत्रकारहरुको राष्ट्रिय सम्मेलनमा नेकपा एस निकट पत्रकारका अध्यक्ष शम्भु श्रेष्ठको तारिफमा करिब दुई मिनेट खर्च गरेका छन् ।

चितवनमा प्रेस सेन्टरको राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा अध्यक्ष प्रचण्डले नेकपा एस निकट समाजवादी प्रेस संगठनका अध्यक्ष शम्भु श्रेष्ठलाई असाधारण व्यक्तिको उपमा दिए । उनले शम्भु श्रेष्ठले केपी ओलीसँग विद्रोह गरेकोमा औसत भन्दा माथिको पत्रकार भनेका हुन् ।

प्रचण्डले भने– शम्भु श्रेष्ठ नेपालका पत्रकारका लागि रोलमोडल हुनुहुन्छ । यस्ता मान्छे हम्मेसी धेरै जन्मिदैनन् । एभरेज मान्छेभन्दा बाहिर गएर विद्रोह गरे । लामो समय एकखालका मान्छे र प्रवृतिसँगको सम्बन्ध तोेडेर विद्रोह गर्नु चानचुने कुरा होइन । त्यसकारण शम्भु श्रेष्ठलाई मैले विशेष धन्यवाद भन्छु ।

एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारीको तीन कार्यकाल अध्यक्ष भएका वरिष्ठ पत्रकार श्रेष्ठ एमालेमा केपी ओली निकट मानिन्थे । तर यसपटक उनले विद्रोह गरेर नेकपा एकीकृत समाजवादीमा लागेकोमा प्रचण्डले प्रशंसा गरेका हुन् ।

तर शम्भु श्रेष्ठले ओली र प्रचण्डको स्वार्थका लागि नेकपा एकता भएको भनेकोमा भने प्रचण्डले असहमति जनाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर