कांग्रेस महाधिवेशन : सुदूरपश्चिममा १००३ मत खस्यो, ९ बजेपछि मतगणना – Nepal Press

कांग्रेस महाधिवेशन : सुदूरपश्चिममा १००३ मत खस्यो, ९ बजेपछि मतगणना

धनगढी । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सुदूरपश्चि प्रदेश अधिवेशनको मतदान कार्य सम्पन्न भएको छ ।
निर्वाचन समितिका अनुसार प्रदेश कार्यसमिति चयनका लागि भएको मतदानमा १ हजार ३ मत खसेको छ ।
सो प्रदेशमा १ हजार २६ जना प्रतिनिधि मतदाताको रुपमा रहेका थिए । ३३ जना मतदानमा अनुपस्थित रहेका छन् ।
सुदूरपश्चिम प्रदेशको सभापतिका लागि संस्थापन पक्षबाट वीरबहादुर बलायर र संस्थापनइतर पक्षबाट नारायणदत्त मिश्र उम्मेदवार रहेका छन् ।
५९ सदस्यीय कार्यसमितिका लागि कुल १ सय ७७ जना प्रतिस्पर्धामा रहेका छन् । निर्वाचन समितिले पार्टी कार्यालयमा राति ९ बजेदेखि मतगणना सुरु गर्ने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर