तत्काल संविधान संशोधन गर्न पार्टी प्रतिवद्ध छ : डा. भट्टराई (भिडिओ) – Nepal Press

तत्काल संविधान संशोधन गर्न पार्टी प्रतिवद्ध छ : डा. भट्टराई (भिडिओ)

काठमाडौं । सत्तासाझेदार दल जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले तत्काल संविधान संशोधन गरेर अघि बढन आफ्नो पार्टी प्रतिवद्ध रहेको बताएका छन् ।

उत्पीडित समूदायको अधिकार सुनिश्चित गर्न आफ्नो पार्टी संविधान संशोधन गर्ने एजेन्डामा लागि परेको दावी डा. भट्टराईको छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सबै उत्पीडित समूदायको अधिकार सुनिश्चित हुनेगरी संविधान संशोधन गर्न एकतावद्ध भएर अघि बढन पनि आह्वान गरे ।

अध्यक्ष भट्टराईले संविधान संशोधन गर्नुपर्छ भन्ने कुरालाई आफ्नो पार्टीले संसदमा कुरा उठाईराखेको र मन्त्रीपरिषदमा पनि सरकारमा सहभागी मन्त्रीमार्फत् सो प्रस्ताव पेश गर्न लगाउने आश्वासन समेत दिए ।

उनले भने, ‘फेरी पनि संघर्ष नगरीकन यो प्राप्त हुँदैन । अहिले संसदबाट मात्रै सबैथोक होस भनेर मात्रै हुँदैन । सांकेतिक हुन्छ । किनभने हामी संसदबाट पनि बोलिराखेका छौं । सडकबाट पनि बोलकै छौं । र सरकारमा पनि भएको बेलामा संविधान संशोधन हुनुपर्छ भन्ने विषयमा हामी कुरा राख्छांैं । शक्ति नभईकन सत्ता, न्याय र अधिकार प्राप्त हुँदैन । त्यसो गर्नका निम्ति अव हामीले चाँही एक ढिक्का भएर अगाडि बढौं । त्यसका निम्ति जनता समाजवादी पार्टी प्रतिवद्ध ।’

अध्यक्ष भट्टराईले फेरी पनि संघर्ष नगरीकन न्याय र अधिकार प्राप्त गर्न नसकिने तर्क समेत गरे । उनले नेवाः स्वायत्त राज्य स्थापनाका लागि नेवार समुदायले हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर