एमाले इलामको अध्यक्षमा महेश बस्नेत चयन – Nepal Press

एमाले इलामको अध्यक्षमा महेश बस्नेत चयन

काठमाडौं । नेकपा एमालेको इलाम जिल्ला अध्यक्षको जिम्मेवारी महेश बस्नेतले पाएका छन् । शनिवार बसेको जिल्ला कमिटी सचिवालयको बैठकले जिल्ला सचिव बस्नेतलाई अध्यक्षको जिम्मेवारी दिएको हो ।

जिल्ला अध्यक्ष राम राना हालै सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएपछि उनी स्वतः पदमुक्त भएका थिए । जिल्ला कमिटीका उपाध्यक्ष भक्त केसी नेकपा एसमा लागेकाले वरिष्ठताका आधारमा बस्नेत अध्यक्ष बनेका हुन् ।

बस्नेत इलाम नगरपालिकाका मेयर समेत हुन् । बैठकले संगठन विभाग प्रमुख उमेश गुरुङलाई बनाएको छ भने प्रकाश अधिकारीले प्रचार विभाग प्रमुखको जिम्मा पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर