नटबोल्ट फुस्केर गए, एमाले सरकारमा आउन एक वर्ष पर्खिनु पर्दैन : ओली (भिडिओ) – Nepal Press

नटबोल्ट फुस्केर गए, एमाले सरकारमा आउन एक वर्ष पर्खिनु पर्दैन : ओली (भिडिओ)

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा आउन एक वर्ष पनि पर्खनु नपर्ने बताएका छन् ।

राजधानीमा भएको एक कार्यक्रममा अध्यक्ष ओलीले ढिलोमा पनि एक वर्ष भित्र मुलुकमा निर्वाचन हुने र त्यसपछि आफ्नो पार्टीले सरकार बनाउने दावी गरे ।

आफ्नो पार्टी नेतृत्वको सरकार बनेपछि मुलुकमा पुनर्निर्माण र नवर्निर्माणको काम तीव्रताका साथ अघि बढाउने आश्वासन दिँदै ओलीले सम्पदाहरुको पुनर्निर्माण, राजमार्गलगायतका पूर्वाधारको निर्माण कार्य देख्न नसक्नेहरुले आफूलाई सरकारबाट हटाएको पनि दोहोर्‍याए ।

उनले अब मुलुकको विकास र समृद्धिको अभियानलाई निरन्तरता दिन एमालेलाई आगामी निर्वाचनमा विजयी गराउनुपर्ने बताए ।

अध्यक्ष ओलीले मुलुक निर्माण गर्ने साझा उद्देश्य प्राप्तीका लागि आफ्नो पार्टीमा आउन अन्य पार्टीका कार्यकर्ताहरुलाई आह्वान गरे ।

अध्यक्ष ओलीले आफूले सरकारमा रहेर केही काम गर्न नटबोल्ट जोड्ने काम गरेपनि अरु कसैले फुस्काई दिएको उल्लेख गर्दै अब त्यस्तो नहुने गरी नेपाली जनताले आफ्नो पार्टीलाई मत दिनुपर्ने बताए ।

उनले अघिल्लो पटक नेपाललाई भूजडित देशको रुपमा स्थापित गराउँदा आफूलाई सरकारबाट हटाएको दावी समेत गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर