राप्रपा अध्यक्षमा कमल थापाविरुद्ध राजेन्द्र लिङ्देनको अग्रता – Nepal Press

राप्रपा अध्यक्षमा कमल थापाविरुद्ध राजेन्द्र लिङ्देनको अग्रता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । अध्यक्षको निर्वाचनमा कमल थापा र राजेन्द्र लिङ्देनबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

पार्टी निर्वाचन आयोगले दिएको प्रारम्भिक जानकारी अनुसार सुरुवाति चरणमा लिङदेनले अग्रता लिएका छन् । ६ सय मत गणना सकिँदा लिङदेनले ३०० र थापाले २२९ मत ल्याएको आयोगले जनाएको छ । ७१ मत बदर भएका छन् ।

चार दिनदेखि जारी महाधिवेशनको अन्तिम दिन हिजो पार्टीको अध्यक्ष, पदाधिकारी र केन्द्रीय सदस्यको चुनाव भएको थियो । आज बिहान ४ः२४ बाट अध्यक्षको मतगणना सुरु भएको हो । अध्यक्षको चुनाव कागजी मतपत्रबाट भएको थियो भने अन्य पदाधिकारीको चुनाव मेसिनबाट भएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर