राप्रपा महिला महामन्त्रीमा कुन्ती विजयी, रेखा चुकिन् – Nepal Press

राप्रपा महिला महामन्त्रीमा कुन्ती विजयी, रेखा चुकिन्

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको  महामन्त्रीमा महिलातर्फ कुन्तीकुमारी शाही विजयी भएकी छन् । नायिकासमेत रहेकी रेखा थापा महामन्त्रीमा पराजित भइन् ।

आज घोषित मत परिणाम अनुसार कुन्तीले २००८ मत ल्याउँदै विजयी भएकी हुन् । रेखाले १६४० भोट ल्याएकी छन् ।

कुन्ती कमल थापाकाे प्यानलबाट महामन्त्रीमा उम्मेदवार बनेकी थिइन् भने रेखा राजेन्द्र लिङदेनको प्यानलबाट । अध्यक्षमा लिङदेन विजयी भए पनि महिला महामन्त्रीमा कुन्तीले ३५२ भाेटले रेखालाइ पछि पारिन् । पदाधिकारीमा थापा पक्षकाे बाहुल्यता देखिएकाे ५ ।

चुनावी माहाेलमा यी दुइ उम्मेदवारबीच तीव्र कटाक्ष समेत भएकाे थियाे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर