राप्रपा केन्द्रीय सदस्यमा राजेश र कुन्तीलाई लोकप्रिय मत
नेपाल प्रेस
२०७८ मंसिर १९ गते ११:०६
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समितका लागि भएको निर्वाचनमा डा. राजेश गिरीले पुरुषतर्फ र कुन्तीदेवी पोखरेलले महिलातर्फ सर्वाधिक मत ल्याएका छन् ।
गिरीले २२५८ मत र पोखरेलले २०८० मत ल्याएर जित हासिल गरेका हुन् ।
झापाका डा. गिरी यसअघि पनि केन्द्रीय सदस्य थिए । उनले विगतमा पार्टीको प्रशिक्षण विभागको सदस्यका रुपमा काम गरिसकेका छन् ।
कुन्ती भने पहिलोपटक केन्द्रीय सदस्य निर्वाचित भएकी हुन् ।
प्रतिक्रिया
सम्बन्धित खवर