साफ च्याम्पियनसिप: यु-१९ महिला फुटबल टोलीमा ६ राष्ट्रिय खेलाडी
काठमाडौं । अलिख नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेशमा आयोजना हुने यु-१९ साफ च्याम्पियनसिपको लागि २३ सदस्यीय राष्ट्रिय महिला फुटबल टोलीको घोषणा गरेको छ ।
मुख्य प्रशिक्षक हरिओम श्रेष्ठले राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण खेल खेलाउँदै २३ सदस्यीय टोली घोषणा गरेका हुन् । यद्यपि, एन्फाले यो नामावली सार्वजनिक गरेको छैन ।
घोषित टोलीमा ६ राष्ट्रिय टोलीका खेलाडी समावेश गरिएको छ । गोलरक्षक अन्जना राना मगर, डिफेण्डरहरु विमला विक, सविता राना मगर, रश्मी कुमारी घिसिङ, प्रीति राई, रजनी थोकर राष्ट्रिय टोलीका सदस्य हुन् ।
६ खेलाडीले गत साउनमा भएको बंगलोदशविरुद्धको खेल र एएफसी महिला एसियन छनोटमा राष्ट्रिय टोलीबाट डेब्यू गरेका थिए ।
यस्तै डिफेण्डर रोजिना श्रेष्ठ, सुस्मा तामाङ, सलोनी राना मगर, मेनुका आले मगर, सरस्वती हमाल, अमिशा कार्कीले यस अघिको यू–१८साफ च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गरिसकेका छन् ।
ढाका हुने सिंगल राउन्ड रोविन साफ प्रतियोगिता २५ मंसिरबाट ६ पुससम्म हुनेछ ।
प्रतियोगिता नेपालसहित आयोजक बंगलादेश, भुटान, श्रीलंका र भारतले सहभागिता जनाउने छन् । नेपालले आफ्नो पहिलो खेलमा २५ मंसिरमा आयोजक बंगलादेशविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।
यु–१९ नेपाली टोली:
गोलरक्षक: अन्जना राना मगर, अन्किता राई, सावित्री किसन
डिफेण्डर: मन्जुकुमारी खड्का, सलोनी राना मगर, सविना चौधरी, प्रतीक्षा चौधरी, खुश्मा राई, विमला विक, मेनुका आले मगर, रोजिना श्रेष्ठ,
मिडफिल्डर: सुस्मा तामाङ, हिमा रावत, दिपा शाही, सविता राना मगर, सरस्वती हमाल, चन्द्रा भण्डारी, रश्मीकुमारी घिसिङ, प्रीती राई,
फरवार्ड: अमिशा कार्की, रजनी थोकर, सदिपा भोलन, कुसुम खतिवडा