लिङ्देनको विजयी सम्बोधन : स्थापित नेतृत्व विस्थापन गर्ने कुरा चानचुने होइन – Nepal Press

लिङ्देनको विजयी सम्बोधन : स्थापित नेतृत्व विस्थापन गर्ने कुरा चानचुने होइन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्त पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले धेरैलाई अकल्पनीय लागेको स्थापित नेतृत्व परिवर्तन गर्ने कुरालाई व्यवहारमै कार्यान्वयन गरेर आएको बताएका छन् ।

चुनावमा जित हासिल गरेपछि कार्यकर्तालाई सम्बोधन गर्दै उनले यो विषय नेतृत्व परिवर्तनका कुरा उठाउने अन्य दलका नेताहरुलाई पनि पाठ भएको बताए।

‘राप्रपाको स्थापित नेतृत्वसँग प्रतिष्पर्धा गरेर नेतृत्व परिवर्तन गर्ने कुरा चानचुने कुरा थिएन,’ उनले भने, ‘हामीले उम्मेदवारी दिन्छौं भन्दा पनि मान्छेहरु अचम्म मान्छे ।

आज हामीले त्यसलाई सफल बनाएका छौं।’ उनले थपे, ‘२०४६ सालपछि नेपालको राजनीतिमा नेतृत्व गर्ने त्यो असफल पुस्ता जसलाई विस्थापित नगरीकन नेपालको राजनीतिमा सुधार हुँदैन भनेर भन्ने अन्य पार्टीका नेताहरुलाई पनि राष्ट्रि प्रजातन्त्र पार्टीले अब नेतृत्व गर्ने भयो ।’

आन्तरिक प्रतिष्पर्धामा जे जस्तो भए पनि राप्रपामा अब कुनै गुट नरहेको लिङ्देनको दावी छ। ‘आजबाट कुनै गट छैन राष्ट्रिय प्रजातन्त्र पार्टीमा,’ उलने भने, ‘कोही कसैको मान्छे छैन, सबै राप्रपाको मान्छे भएका छौं । र, हामीले त्यही प्रकारको व्यवहार गर्छौं।’

उनले अब काम गरेर देखाउने बताए। राजतन्त्रको माग गरेर सडकमा आउनेहरुलाई पनि अब आफूहरुले जोड्ने लिङ्देनको भनाइ छ। ‘हामीले काम गरेर देखायौं,’ उनको भनाइ छ, ‘अब हामीले काममा देखाउनुपर्छ, परिणाममा देखाउनुपर्छ । राप्रपालाई देशको अग्रणी पार्टी बनाउनु पर्ने छ । हामी भन्दा ठूलो संख्यमा राजतन्त्र चाहियो भनेर मानिसहरु सडकमा छन् । तिनीहरुलाई जोड्नुपर्छ ।’

लिङ्देनले राजतन्त्र, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन पक्षधर सबैलाई राप्रपामा जोडेर जाने पनि प्रतिवद्धता जनाए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर