माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनः यसरी छानिन्छन् प्रतिनिधि – Nepal Press

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनः यसरी छानिन्छन् प्रतिनिधि

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को राष्ट्रिय सम्मेलन नजिकिदै गर्दा त्यसको तयारी पनि तिब्र गतिमा भइरहेको छ। आगामी पुस ११ देखि १३ गतेसम्म सम्मेलन गर्न गइरहेको माओवादी केन्द्रले करिब २ हजार प्रतिनिधि हुने बताएको छ।

हालै बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले प्रतिनिधि घनोटको सामान्य मापदण्ड समेत बनाएको छ।

बैठकपछि सर्कुलर जारी गदैै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय विभागहरुबाट प्रतिनिधि चयनका लागि मंसिर मसान्तसम्म सबै विभागहरुको बैठक बसी राष्ट्रिय सम्मेलनमा सहभागी हुनेहरुको नाम पठाउन भनेका छन्।

माओवादीले केन्द्रीय कार्यालयबाट राष्ट्रिय सम्मेलनको लागि मानोनित हुने प्रतिशत पनि घटाएको छ। यसअघि १० प्रतिशत मनोनित गर्ने व्यवस्थालाई परिवर्तन गर्दै ५ प्रतिशतमा पुर्‍याएको छ।

माओवादीले प्रत्येक प्रदेशबाट प्रदेशबाट ३० जनाको दरले प्रतिनिधि छनौट गर्ने र बाँकी १५०० संगठित सदस्य बराबर १ जना प्रतिनिधि चयन गर्ने निर्णय गर्ने छ। प्र्रत्येक प्रदेशले कम्तिमा १ जना घाइते/अपाङ्गलाई राष्ट्रिय सम्मेलनको प्रतिनिधि चयन गर्नुपर्ने छ।

प्रत्येक प्रदेशले मंसिर २३ गतेभित्र प्रदेश सम्मेलनका प्रतिनिधिहरुको नामावली प्रदेश निर्वाचन समितिलाई अनिवार्य बुझाउनुपर्ने छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर