माओवादीको युवा र मजदुर विशेष महाशाखामा नयाँ नेतृत्व, विद्यार्थीको बन्दसत्र जारी – Nepal Press

माओवादीको युवा र मजदुर विशेष महाशाखामा नयाँ नेतृत्व, विद्यार्थीको बन्दसत्र जारी

काठमाडौं । राष्ट्रिय सम्मेलनको तयारी गरिरहेको नेकपा (माओवाद केन्द्र) ले देशभर सम्मेलनहरु गरिरहेको छ ।

वडा र पालिका सम्मेलन सकाएर प्रदेश सम्मेलनको तयारीमा रहेको माओवादीले शनिबार उपत्यका विशेष प्रदेश समिति अन्र्तगत युवा, विद्यार्थी र प्रदेश विशेष महाशाखाका सम्मेलन शुरु भएको हो ।

युवा र मजदुर विशेष महाशाखाले भने हिजो नै नेतृत्व पाएका छन् । युवा विशेष महाशाखाको अध्यक्षमा नवीनकुमार खड्का चयन भएका छन् । खड्का वाईसिएल नेपालका केन्द्रीय सदस्य समेत हुन ।

त्यस्तै उपाध्यक्षहरुमा हेमचन्द्र राई, शर्मिला तामाङ र शंकर आचार्य चयन भएका छन् । सचिवमा प्रेम चापागाईं चयन हुँदा सहसचिवमा सुरेन्द्र कवर र कोषाध्यक्षमा अरुण कुमार क्षेत्री चयन भएका छन् ।

मजदुर विशेष महाशाखाको अध्यक्ष भने धनबहादुर बिक चयन भएका छन् । उपाध्यक्षहरुमा, मिलन मल्ल र कृष्ण प्रसाद सापकोटा चयन भएका छन् । महिला उपाध्यक्ष पछि राखिने छ ।

त्यस्तै सचिवमा दीपक केसी र सहसचिवमा दीपेन्द्र धमाल रहेका छन् । ५९ सदस्यीय महाशाखा बनेको छ ।

उता विद्यार्थी विशेष महाशाखामा भने नेतृत्व चयन हुन बाँकी छ । अखिल (क्रान्त्किारी) का पूर्व अध्यक्ष रन्जित तामाङले अहिले बन्दसत्र चलिरहेको छ साँझसम्म नेतृत्व चयन भइसक्ने जानकारी नेपाल प्रेसलाई दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर