कमल थापाको आक्रोश : हिमानीको फेक आइडीलाई मेन्सन गर्दै दिए ‘शुभकामना’ – Nepal Press

कमल थापाको आक्रोश : हिमानीको फेक आइडीलाई मेन्सन गर्दै दिए ‘शुभकामना’

काठमाडौं । राप्रपा अध्यक्षमा पराजित भएपछि कमल थापा आक्रोश र उत्तेजनामा देखिएका छन् ।

निर्वाचन परिणाम सार्वजनिक हुनु अगावै निर्मलनिवास विरुद्ध स्टाटस लेखेर उनले मनको विख मार्ने प्रयास गरेका थिए । अहिले फेरि एउटा फेक आइडीबाट गरिएको ट्विट सेयर गर्दै उनले बच्पना देखाएका छन् ।

पूर्वयुवराज्ञी हिमानी शाहको नाममा खुलेको फेक आइडीबाट ट्विट गर्दै राप्रपामा अध्यक्ष निर्वाचित भएका राजेन्द्र लिङदेनलाई बधाइ दिइएको थियो ।

त्यसमा लेखिएको छ, ‘अवसरबाद, नाताबाद, कृपाबाद को अन्त्य गर्न सफल हुनु भएकोमा राष्ट्रबादी नेता राजेन्द्र लिङ्देन लाई हार्दिक बधाई तथा सफल कार्यकाल को सुभकामना !!! राजेन्द्र लिङ्देन को जित सङ्गै मुलुकले मुलुकले आज सच्चा राष्ट्रबादी नेता पाउन सफल भएको छ !!!’

करिब ९ हजार फलोअर्स भएको यस आइडीबाट यसअघि पनि अल्मल्याउने खालका पोष्टहरु आउने गर्थे । राप्रपा अध्यक्ष थापा पनि झुक्किएका हुन् वा झुक्किएको अभिनय गरेका हुन्, उनले माथिको पोष्टलाई सेयर गर्दै कटाक्ष गरेका छन् ।

उनले लेखेका छन्, ‘अब चाँडै राजसंस्था पुनःस्थापना हुने भएको हुँदा @HimaniSh123 लाई पनि हार्दिक बधाइ तथा शुभकामना ।’

यसअघि थापाले लेखेको स्टाटसमा पनि पूर्वराजाको फेक आइडीलाई मेन्सन गरेका थिए । पूर्वराजाको कुनै आधिकारिक ट्विटर अकाउन्ट नरहेको उनको सचिवालयले बारम्बार बताइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर