वागमती प्रदेश : ७ सय गन्दा बानियाँ २७ मतले अगाडि – Nepal Press

वागमती प्रदेश : ७ सय गन्दा बानियाँ २७ मतले अगाडि

हेटौडा । नेपाली कांग्रेस वागमती प्रदेशको सभापति पदका लागि भएको दोस्रो चरणको निर्वाचनमा रोचक प्रतिस्पर्धा देखिएको छ ।

पहिलो ५ सय मत गन्दा जगदीश्वरनरसिंह केसीले अग्रता लिएकोमा ७ सय मतको परिणाम आउँदा ईन्द्रबहादुर बानियाँले अग्रता लिएका छन् ।

पछिल्लो परिणाम अनुसार बानियाँले ३ सय ६२ मत ल्याएका छन् । केसीको ३ सय ३५ मत आएको छ । बानियाँको अग्रता २७ मतको रहेको छ ।

यसअघि पहिलो चरणको निर्वाचनमा बानियाँले ९ सय ९२ र केसीले ८ सय ७२ मत ल्याएपछि आज दोस्रो चरणको मतदान भएको थियो ।

पहिलो चरणमा तेस्रो भएका उम्मेदवार भीमसेनदास प्रधानले बानियाँलाई समर्थन गरेका थिए ।

अपडेट


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर