मतदान नगरेकोमा शेखरले मागे माफी
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रदेश अधिवेशनमा मतदान नगरेकोमा माफी मागेका छन् । प्रदेश १ को अधिवेशन कोइरालासहितका केन्द्रीय नेताहरूले मतदान गरेका थिएनन् ।
यो पनि पढ्नुहोस् : शेखर–सुजाताले भोट नहाल्दा गुरु घिमिरे पराजित, पुनः मतगणनाका लागि निवेदन
कोइरालानिकट उम्मेदवार गुरुराज घिमिरे सभापतिमा २ मतले पराजित भएपछि सामाजिक सञ्जालमा आलोचना तीब्र भएको छ । ट्वीटरमार्फत स्पष्टीकरण दिँदै शेखरले केन्द्रीय नेताहरूले मतदान गर्न पाउने वा नपाउने भन्ने विषय सुरूदेखि नै संशयमा रहेको र कानुनी परामर्श गर्दा मतदान नगर्नु उपयुक्त हुने सुझाव आएको बताएका छन् । उनले आफूबाट भएको कमजोरीप्रति क्षमा याचना गरेका छन् ।
कांग्रेस १४औं महाधिवेशनमा प्रदेशसम्म केन्द्रीय नेताहरुले मतदान गर्न पाउने/नपाउने विषय शुरु देखि नै “संशय” थियो।
कानुनी परामर्शबाट मतदान गर्दा भविष्यमा जटिलता आउन सक्ने बुझियो।तसर्थ मतदान नगर्नु उपर्युक्त ठानें।यसक्रममा म बाट भएको कमजोरीप्रति सचेत रहँदै गल्ती भए क्षमाप्रार्थी छु।— Dr Shekhar Koirala (@Shekharnc) December 6, 2021